सुनौलो हजार दिनकी आमालाई सिँजा गाउँपालेकाले दियो कोशेली
सुनौलो हजार दिनकी आमालाई सिँजा गाउँपालेकाले दियो कोशेली
    • उमेश बुढा

    • १८ असार २०८०, सोमबार

 जुम्ला ।

सुनौलो हजार दिनकी आमालाई सिँजा गाउँपालिका स्वास्थ्य शाखाले आइतबार कोशेली दिएको छ ।

सिँजा गाउँपालिका भित्र रहेका तीन ओटा स्वास्थ्य चौकीले हजार दिनकी आमा छनोट गरेर पालिका स्वास्थ्य शाखाले कोशेली दिएको स्वास्थ्य शाखा इन्चार्ज ललित रोकायायाले बताउनु भयो ।

२२ जना महिलालाई यातायात खर्च सहित, तौलिया २ थान, नुहाउँने र कपडा धुने साबुन १२ ओटा, नङ्कट २ ओटा , मन्जन २ ओटा, कट्टु २ ओटा, झोला १ ओटा र कपडा झुन्ड्याएर सुकाउनको लागि १० मिटर डोरी वितरण गरेको स्वास्थ्य शाखा इन्चार्ज रोकायाले बताए ।

पालिका भित्र रहेका २ वर्षमुनिका बालबालिकाहरुलाई पोषण र सरसफाई सम्बन्धि प्रतिष्पर्धा तथा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहाँका सुनौलो हजार दिनका २२ जना आमाहरुलाई पोषण र सरसफाई बारे जानकारी दिने उद्श्यले उक्त अन्तरक्रिया कार्यक्रम स्वास्थ्य शाखाले गरेको र आमाले आफू कसरी स्वस्थ रहने र बच्चालाई सफा कसरी राख्ने र दिएको कोशेली सहि तरिकाले प्रयोग होस् पालिका उपाध्यक्ष सितली रोकायाले बताइन् । स्वास्थ्य संस्थामा नियमित गर्भ आठ पटकसम्म जाँच गरेकी महिला, वर्थिङ सेन्टरमा सुत्केरी भएकी, चार पटकसम्म सुत्केरी जाँच गरेकी, बच्चालाई नियमित खोप लगाउने, महिनामा वृद्धि अनगमन गरेको, सरसफाई सेसनमा सहभागी भएका आमाहरुलाई छनोट गरेर कोशेली समेत वितरण गरेको इन्चार्ज रोकायाले बताए । आर्थिक वर्ष २०७९ र ०८० को बजेट पालिकाले स्वास्थ्य शाखालाई विनियोजन गरेर सुनौलो हजार आमालाई सरसफाई र कोशेली शाखाले दिएको सिँजा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित