जुम्लामा २५४८ विद्यार्थी मध्ये ३.६ देखि ४ जीपीए ल्याउने ३६ जना
जुम्लामा २५४८ विद्यार्थी मध्ये ३.६ देखि ४ जीपीए ल्याउने ३६ जना
    • उमेश बुढा

    • २२ असार २०८०, शुक्रबार

जुम्ला ।

जुम्लामा २०७९ सालको एसईई परिक्षामा २ हजा, ५ सय ४८ विद्यार्थी सहभागी भएका मध्ये ३६ जना विद्यार्थीले ३.६ जीपीए देखि ४ जीपीए ल्याएका छन् ।

माध्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल बिहीबार सार्वजनिक भएको थियो ।

त्यहीँ अनुरुप जुम्लामा ०.८ जीपीए देखि १.२ ल्याउनेको सङ्ख्या १ सय ७ जना रहेका छन् ।

१.२ देखि १.६ जीपीएमा २९ जना , १.६ देखि २ जीपीए सम्म २ सय ४३ जना २ देखि २.४० सम्म ६ सय ४४ जना , २.४० देखि २.८० सम्म ८ सय १७ जना २.८० देखि ३.६ सम्म १ सय ८३ जना रहेका छन् भने , ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी सङ्ख्या ३६ जना रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित