जुम्लाका मेडिकल मापदण्ड विपरीत
जुम्लाका मेडिकल मापदण्ड विपरीत
    • उमेश बुढा

    • ८ श्रावण २०८०, सोमबार

जुम्ला ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको अनुगमनमा औषधि पसलहरु मापदण्ड विपरीत गरेको भेटिएका छन् ।

जुम्लामा कुल ३२ वटा औषधि पसलहरु सञ्चालनमा रहेका छन् । हाल लाई एक पटक विपरीत गर्ने औषधि पसललाई मापदण्ड पुरा गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो ।

घिमिरेका अनुसार धेरै जनगुनासो आएपछि औषधि पसल अनुमन गर्न थालिएको हो । जुम्ला बजारका औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको उनले बताए ।

औषधि ऐन २०३५ अनुसार मेडिकल सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट लाइसेन्स लिएको हुनु पर्छ । भने हरेक वर्ष नविकरण गरिएको हुनु पर्छ । तर जुम्लामा ठिक उल्टो देखिन्छ । लाइसेन्स एउटाको नाममा हुने र औषधि अर्कैले बेच्ने पाइएको छ ।

जुम्लामा समय समयमा अनुगमन गरेको देखिन्छ । तर मापदण्ड विपरीत गर्ने औषधि पसललाई भने , प्रशासनले कार्वाही गर्न सकिरहेको छैन् । अनुगमन गरेको भनेर औपचारी रुपमा भुमिका निभाउने काम मात्र गरेको देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित