शिक्षक सरुवा विवादपछि गाउँपालिका अध्यक्षको स्पष्टीकरण : नियम मिचेको पाए कार्बाही भोग्न तयार छु ।
शिक्षक सरुवा विवादपछि गाउँपालिका अध्यक्षको स्पष्टीकरण : नियम मिचेको पाए कार्बाही भोग्न तयार छु ।
    • बिर बहादुर राना

    • २२ श्रावण २०८०, सोमबार

काठमाडौं

सामाजीक संचालमा चौतर्फी आलोचना भएसंगै सिंजा गाउपालिका अध्यक्ष पुर्णप्रसाद धितालले स्पष्टीकरण दिएका छन् । उनले वास्तविकता नबुझी सामाजिक संजालमा गलत सूचना फैलिएको भन्दै स्पष्टीकरण दिएका हुन् । केही

दिन अघि शिक्षक सरुवा गरेको र गाउँपालि सबै आफन्तले मात्रै चलएको भन्दै  सामाजिक संजालमा गलत सूचना फैलाउने रोशन श्रेष्ठ र विकास शाहिले माफि मागिसकेका छन् ।

शिक्षक सरुवा गरेको भन्दै पालिकामा, अभिभावक र विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनरत उनीहरुले गाउँपालिका कार्यालयमा प्रदर्शन गर्नुको साथै तोडफोडमा समेत गरेका थिए । साथै गाउँपालिका सबै

आफन्तले मात्रै चलायको भन्दै झुटो आरोप लगाएको उनको भनाइ छ । नियम बिपरित हामीले कुनैपनि काम गरेका छैनौं, उनी स्पष्ट पार्छन्,  हामी आफैं नियम बिपरित कुनै पनि काम हुनुहुँदैन भनेर जीवनभर संघर्ष गरिरहेका मानिस हौं ।

नियम बिपरित भन्दापनि गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक सरुवा गरिएको गाउँपालिका अध्यक्ष धितालले स्पष्ट पारे । उनका अनुसार वास्तविकता भन्दा बढी हल्ला फिजाइएको छ । शिक्षाको सुधारका लागि

गाउँपालिकाले पहिले कार्यबिधी बनायो, उनी स्पष्ट पार्छन् , त्यसपछि बिद्यालयहरुमा जागरण फैल्यौ । र शिक्षकहरुमा टिम स्पिड नमिलेको हुनाले टिम मिलायौ। कतिपय स्कुलहरुमा कक्षा एकदेखि आठसम्म एउटापनी दरबन्दी छैन

। कि त्यो बिद्यालयले घटाउनु पर्यो, कि अस्थायीलाई स्थायी बनाउनुपर्यो । बिधालय बढदै जादा सरकारले त नयाँ दरबन्दी थप्दै थपेन ।

 

गत बर्ष मात्र पालिकाले १४ जना नयाँ शिक्षक थप गर्नुपर्यो। तलबमा मात्र एक करोड १५ लाख

रुपैयाँ खर्च भएको छ । यस्ता समस्यालाई समाधान मात्रै गरेका हौं । नियम बिपरित हामिले केहि गरेका छैनौं । कार्यबिधिमा शिक्षक सरुवा, मिलान, प्र.अ मिलानको पनि ब्यबस्था भएको उनको भनाइ छ । सोही अनुसार शिक्षकको

सरुवा गर्ने क्रममा एउटै विषयको दुई जना सरुवाको लागि पत्र गएछ । एउटा विषयको एक जना सरुवा हुनुपर्नेमा कर्मचारीको मिस्टेकले एउटै विषयको दुई जना शिक्षक सरुवाका लागि पत्र गएछ। सरुवाको पत्र हातमा पर्ने बित्तिकै

बिद्यार्थीसहित उहाँहरु तोडफोडमा उत्रिनु भयो, गलती स्वीकार गर्दै उनी भन्छन् , अन्यायमा परे, समस्या परे त छलफलबाट समस्या समाधान गर्नुपर्ने हो । तर यहाँ केही मान्छेहरुको स्वार्थको लागि साना साना बिद्यार्थिलाई आफ्नो

हतियार बनाए। यसप्रति मेरो घोर आपत्ती छ। बिद्यालय घटाउ त्यो पनि नमान्ने, कक्षा घटाउ त्यो पनि नमान्ने, बढी भएका बिद्यालयबाट त्यहाँ दरबन्दी दिउ त्यो पनि नमान्ने, गर्ने के त उनी प्रश्नको शैलिमा भन्छन्, यस्तो भएपछि कसरी

हुन्छ शैक्षिक विकास त्यस कारण भएको श्रोत साधनलाई समानान्तर रुपमा बाड्फाड गर्नुपर्ने उनी बताउँछन् ।

कुनै कुनै मिडियामा आफ्नो मान्छे नियुक्ति गर्न यस्तो कदम चलियो भन्ने समाचार सार्वजनिक भएको प्रति पनि उनले

घोर आपत्ती जनाएका छन् । ञमेरो ब्यत्तिगत मान्छे को छरु यहाँको शैक्षिक क्षेत्रको सुधारका लागि हामीले काम गरिरहेका छौं ।झ उनी भन्छन् । सिन्जा गाउँपालिकामा जम्मा ४९ जना कर्मचारी छन् । जसमा ४७ जना कर्मचारी र दुई

जना पाले छन् । पहिला नै एक जना पाले थिए भने एक जना आफुहरु आएपछि नियुक्ति गरिएको उनको भनाइ छ । ४७ जना कर्मचारी मध्य एक जना रोजगारमा र अर्को एक जना कृषिमा प्रक्रिया पुर्याएर नियुक्त गरिएको उनको

स्पष्टीकरण छ । त्यस्तै भेटेनरीमा दुई जना गरेर जतिपनि कर्मचारी नियुक्ति भएका छन् सबै नियम संगत ढंगले नियुक्ति भएको पनि उनले स्पष्ट पारे । यदि कतै आफुले नियम मिचेको भए जस्तोसुकै कार्बाही भोग्न पनि आफू तयार भएको उनको भनाइ छ ।

भिडियो लिङ :

 

 

साताकाे चर्चित
सम्बन्धित