सिँजा आँखा उपचार केन्द्रमा कर्मचारीको अभाव हप्तामा ३ दिन खुल्ला ३ दिन्न बन्द
सिँजा आँखा उपचार केन्द्रमा कर्मचारीको अभाव हप्तामा ३ दिन खुल्ला ३ दिन्न बन्द
    • उमेश बुढा

    • २४ श्रावण २०८०, बुधबार

 जुम्ला ।

जुम्लाको नराकोटमा रहेको सिँजा आँखा उपचार केन्द्रमा कर्मचारीको अभावका कारणले हप्तामा ३ दिन खुल्ला ३ दिन बन्द हुने गरेको छ ।

हिमालयन आँखा अस्पताल पोखराको टेक्निकल सहयोग , नेपाल नेत्रज्योति संघ सुर्खेतको सहजीकरण र सिँजा गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन भएको सिँजा आँखा उपचार केन्द्र हो ।

२०७६ साल फाल्गुण महिनामा उक्त केन्दको उद्घाटन पुर्व सिँजा गाउँपालिका अध्यक्ष देवलसिङ रावलले गर्नु भएको थियो । त्यति खेर देखि एकजना कर्मचारी मिना अधिकारी रहनु भएको थियो । अहिले मिना अधिकारीले पारिवारिक समस्याका कारणले छोडेर गए देखी आँखा उपचार केन्द्र नियमित रुपमा सञ्चालन हुन सकेको छैन् ।

अहिले एक जना कर्मचारी शन्तोष परियार रहेका छन् । तर उनको मुख्य कार्य क्षेत्र भनेको आँखा रोग खोज पड्ताल सहजकर्तामा रहेको छ ।

उनले सिँजा पालिका भरिका विद्यालय , टोल बस्ती , मानिसको भिडभाड भएको ठाउँमा पुगेर आँखा रोगका विरामी खोज्ने काम गरेका छन् । परियार हप्ताको ३ दिन पिल्डमा जान्छन् ३ दिन सिँजा आँखा उपचार केन्द नराकोटमा गएर खोल्छन् ।

हप्ताको ३ दिन आइतबार , सोमबार र मङ्गलबार खुल्ला रहन्छ । भने , बुधबार , बिहीबार र शुक्रबार बन्द हुने गरेको नराकोट स्वास्थ चौकीका सिनियर अहेव लंकराज धितालले बताउनु भयो ।

हिमा गाउँपालिकाको वडा नम्बर १ , २ र ३ बाट र सिँजाका विभिन्न ठाउँबाट आँखाका विरामी आउछन् । तर आँखा उपचार केन्द्र बन्द देखेपछि नराकोट स्वास्थ्य चौकीमा आउने गरका छन् । आएका विरामीको सामान्य जेकजाँच हामीले गर्ने गरेका छौं । सिनियर अहेव धितालले बताए ।

आर्थिक वर्ष २०८० र ०८१ मा विज्ञापन गर्ने पोर्सेमा छौं । सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले भने , नेत्र साहायक जुम्लामा खासै पाएका छैनौं । पाँचौं नेत्र सहायक कर्मचारीको अभाव रहेकोछ ।

नराकोटमा आँखाको उपचार गर्छन् भनेर विरामी आउने गरेका छन् । तर सेवा नपाएर घर फर्किन्छन् । पराय जसो मानिसलाई आँखा उपचार नराकोटमा छ । भनेर अवगत छ । तर उपचार केन्द्रमा आएका विरामीलाई मात्र थाँहा छ, की कर्मचारी छैनन् । भनेर सो केन्द्रमा गत सालको चैत्र महिना देखि अहिले सम्म हुनु पर्ने मुख्य कर्मचारी नभएको लगभग ५ महिना भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित