कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना
कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना
    • Bell Sanchar

    • २५ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।

अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।

केसीका अनुसार गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।

साताकाे चर्चित
सम्बन्धित