नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना
    • Bell Sanchar

    • ३१ श्रावण २०८०, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । अस्पताल भर्नाअघि भण्डारीले फेसबुकमार्फत् आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका छन् ।

आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । उनी नियमित उपचारका क्रममा अस्पताल भर्ना भएका हुन् ।

‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजीविषाको चाहना मलाई पनि छ,’ उनले लेखेका छन्, ‘इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा । भगवानसँग प्रार्थना ! सबैको आशीष छँदैछ । फेरि भेटौंला !’

गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित