सिँजा गाउँपालिका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखलाई (सुस्वा) ले दियो ५ दिन तालिम
सिँजा गाउँपालिका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखलाई (सुस्वा) ले दियो ५ दिन तालिम
    • उमेश बुढा

    • ४ भाद्र २०८०, सोमबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखलाई यहि साउन ३२ गते देखि भाद्र ४ गते सम्म खानेपानी, सरसफाई तथा स्वच्छता इकाईका लागि ५ दिने तालिम (सुस्वा ) ले दिएको छ ।

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा ) फिनल्यान्ड सरकार, नेपाल सरकार र सिँजा गाउँपालिकाको समन्वयमा आर्थिक वर्ष २०८० र ०८१ बाट पालिकासँग साझेदारी गरेर कार्य सञ्चालन गर्न लागेको छ ।

कर्मचारीको छनोट प्रक्रिया सम्पन्न भई कार्यक्रमको रुपरेखा प्रारम्विक क्षमता विकास परियोजनाको विस्तृत जानकारीको लागि सिँजा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको होटल हिमा कर्णालीमा ५ दिने तालिम सम्पन्न भएको सुस्वा सिँजा गाउँपालिका वास इकाई संयोजक मन्जु थापाले बताउनु भयो ।

संयोजक थापाका अनुसार सुस्वाको कार्यक्रम क्षेत्र खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि यस पालिकाको वडा नम्बर १ देखि ६ सम्म कार्य क्षेत्रको रुपमा काम गर्ने बताउनु भयो । यहाँका नागरिकलाई नदी, खोला, कुला,

नाउला आकासे पानी लगायतका दुषित पानी नखान दिनको लागि प्रत्येक घरधुरीमा शुद्ध, सफा र स्वच्छ पानी खुवाउने संस्थाले लक्ष्य लिएको छ ।

सुस्वाले साझेदारी गरेर खानेपानीको हाहाकार हुन नदिनको लागि सिँजा गाउँपालिकासँग साझेदारी गरकोमा प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले सुस्वालाई धन्यवाद दिनु भयो । सिँजामा सुस्वाले कार्य गर्दा बाधा , अवरोध आएको बेला पालिकाले सहयोग गर्ने धितालले बताउनु भयो , पालिकामा रहेका टोल वस्थिमा खानेपानीको ठुलो कार्य सुस्वाले गर्ने लक्ष्य ल्याएर आएको हुँदा खुसी हुँदै विषेश धन्यवाद पालिका प्रमुख धितालले दिनु भएको छ ।

२०३० सम्म नेपाल सरकारले पूर्ण सरसफाई घोषणा गर्ने लक्ष्य लिएको त्यसमा परियोजनाले टेवा पुर्‍याउने छ । अब सिँजाका गाउँ गाउँमा प्रत्येक घरघरमा खानेपानीका धारा निर्माण गरेर सफा, शुद्ध स्वच्छ खानेपानी सुस्वाले

जनतालाई खुवाउने छ ।

 

साताकाे चर्चित
सम्बन्धित