काठमाडौं महानगरपालिकाले डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कने
काठमाडौं महानगरपालिकाले डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कने
    • Bell Sanchar

    • ५ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद (bio larvicide) छर्कने भएको छ ।

यो जैविक औषधिले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी नगर्ने महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बताए ।

यो औषधिलाई पानीको माथिलो भागमा छर्किने उनले बताए । लामखुट्टेको लार्भा नष्ट गर्न​ नेपालमै पहिलो पटक बायो लार्भिसिद छर्किन लागेको उनले दाबी गरेका छन् ।

यससँगै डेंगु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० सञ्चालनमा रहेको उनले बताएका छन् ।

यस्तै अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित