लम्पी स्किन रोगले गाईगोरू मरेपछि , कनकासुन्दरीको ध्यानाकर्षण गर्न कृषकले बुझाए ज्ञापनपत्र
लम्पी स्किन रोगले गाईगोरू मरेपछि , कनकासुन्दरीको ध्यानाकर्षण गर्न कृषकले बुझाए ज्ञापनपत्र
    • उमेश बुढा

    • ८ भाद्र २०८०, शुक्रबार

 जुम्ला ।

लम्पी स्किन रोगले गाईगारू मरेपछि, कनकासुन्दरी गाउँपालिका सरकारलाई ध्यानाकर्षण गर्न पालिका कार्यालयमा बिहीबार कृषकले ज्ञापनपत्र बुझाएका छन् ।

कनकासुन्दरी गाउँपालिका नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको कार्यक्रममा लगभग ५० जना भन्दा वढीको सङ्ख्यामा कृषकको उपस्थिति भएर ज्ञापनपत्र बझाएका थिए ।

पालिकाको कार्यालयमा आएर स्थानीय सरकारको ध्यानाकर्षण गराएर प्रदेश र संघ सरकारमा किसानका पिडालाई पुर्‍याउनको लागि कनकासुन्दरी गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझएको लालू बुढाले बताउनु भयो।

हाम्रा गाईगोठ खाली भइसकेका छन् गाईको बिउ जोड्नको लागि सरकारले पहल गर्छ कि भनेर पालिकामा ज्ञापन पत्र बुझाएको कृषक बुढाले बताए

गाईगोरू रोगले मरेर पाटन, बाटो गाउँ गनाएको छ । तर यो रोग मान्छेलाई सर्छकी भन्ने डर पनि छ । त्यसैले समयमा सरकारको ध्यान जान आवश्यक देखिन्छ, कृषक तारा शाहीले भन्नु भयो ।

शाहीका अनुसार यसरी गाईगारू मरि सक्दा पनि स्थानीय सरकारले ध्यान दिएको छैन् । अझै रोगले पाटन तिर जताततै मरेका देखिन्छन् । मरेका सिनोलाई खोलामा , बाटोमा जताततै खुला नफाल्नलाई किसानलाई पनि शाहीले भन्नु भयो ।

गाउँपालिका उपाध्यक्ष भन्नु हुन्छ, हामीले पशु स्वास्थ्यकर्मीलाई किसानको घरघरमा पठाएका छौँ । जति बेला पनि कर्मचारी खटिरहेका छन । लेक, पाटनमा गाईगोरू भएको स्थानमा गएर औषधी उपचार गरिहेका छन् । रातदिन खटिएका छन्, उपाध्यक्ष प्रेमकली बुढाले बताइन् ।

किसानको गाईगोठ रितियर खेती पाती लगाउन किसानका घरमा गोरु नभई जमिन भाँजो भएर भोकमारी आउन सक्ने ज्ञापनपत्रमा खल्लेख गरिएको छ । किसानका गोठगोठ र घरघरमा गएर गई मरेका गाई, बाछा र गोरूको यथार्थ विवरण संकलन गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न जोड्दार माग गरिएको छ ।

यदि किसानलाई क्षतिपूर्तिको व्यवस्था नभएमा पुन सड्कमा संघर्ष को लागि माग गर्न बाँध्य हुनेछौं ।

साताकाे चर्चित
सम्बन्धित