लुम्बिनीका ३ जिल्लामा आइतवार बिदा
लुम्बिनीका ३ जिल्लामा आइतवार बिदा
    • Bell Sanchar

    • २८ भाद्र २०८०, बिहीबार

लुम्बिनी ।

लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतवारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत (सातौँ) माधव शर्माले बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।।

साताकाे चर्चित
सम्बन्धित