लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित
लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित
    • Bell Sanchar

    • १ पुष २०८०, आईतवार

बुटवल ।

लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित भएकी छिन् । शनिवार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट भुसाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । भुसाल एमालेनिकट हुन् ।

भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गरेका छन् ।

प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी एमालेनिकट रमेश बेल्बासे विजयी भएका छन । उनका प्रतिस्पर्धी टीकाबहादुर श्रेष्ठ (सन्तोष)ले ९१ र डण्डपानी पाण्डेले ९५ मत मात्र प्राप्त गरेका छन् । द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुसाल प्यानलकै विष्णु सुब्बा विजयी भएका छन् ।

महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी भएका छन् । यसैगरी सचिवमा १२५ मत प्राप्त गरी भुषाल प्यानलका राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरू अजय रानाले ९१ र महेशकुमार दुबेले ७५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा स्वतन्त्रका यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरू पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सह–कोषाध्यक्षमा स्वतन्त्रकै पवनकुमार मिश्रा विजयी भएका छन् । त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री । रोशनप्रसाद भण्डारी, सुरेन्द्र यादव,  सतिश मिश्रा, शुभम रौनियार विजयी भएका छन् ।

सदस्यका उम्मेदवारहरू ऋषि भुसाल, सेराज अहमद, विजय कुँवर, लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गरेका छन् ।

यसैबीच लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवलको अध्यक्षमा बुद्धिराज थापा निर्वाचित भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित