राष्ट्रपति पौडेलले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत
  राष्ट्रपति पौडेलले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत
    • Bell Sanchar

    • ६ बैशाख २०८१, बिहीबार

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।

साताकाे चर्चित
सम्बन्धित