उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु
  उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु
    • Bell Sanchar

    • १६ बैशाख २०८१, आईतवार

बझाङ,

बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित