नेप्सेमा जोरदार उछाल, परिसूचक २७ अंकले बढ्यो
नेप्सेमा जोरदार उछाल, परिसूचक २७ अंकले बढ्यो
    • बेल संचार

    • २२ माघ २०८२, बिहीबार

business bullish market financial increasing graph technology on blue background. growth of investment in the bull stock market. vector illustration digital fantastic hi-tech design.

काठमाडौँ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ। धितोपत्र बजारको मुख्य सूचक नेप्से २७.१९ अंकले बढ्दै २७०८.७० बिन्दुमा पुगेर बन्द भएको छ।

सूचकसँगै कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। दिनभर ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको छ।

आजको कारोबारमा २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। बजारको समग्र धारणा सकारात्मक देखिएको थियो।

आज कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगेको छ। त्यस्तै, रिडी पावरको ९.९७ प्रतिशत र खानिखोला हाइड्रोपावरको ९.९६ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि राधी विद्युत् कम्पनी, एसवाई प्यानल, आँखुखोला जलविद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः उच्च कारोबार गर्ने कम्पनीको सूचीमा रहे।

आजको कारोबारपछि नेप्सेको कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब रुपैयाँ नाघेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेशन १५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।

साताकाे चर्चित
सम्बन्धित