नेपाली बजारमा सुन र चाँदीको भाउ फेरि बढ्यो
नेपाली बजारमा सुन र चाँदीको भाउ फेरि बढ्यो
    • बेल संचार

    • २५ माघ २०८२, आईतवार

काठमाडौँ।

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ।

गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आइतबार फेरि ९ हजार ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा निर्धारण भएको छ। बिहीबार चाँदी ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

बजारमा सुन–चाँदीको मूल्यमा आएको उतारचढावले लगानीकर्तामा हल्का उत्साह र ध्यानाकर्षण सिर्जना गरेको छ।

साताकाे चर्चित
सम्बन्धित