नेपालमा ९०% भन्दा बढी पुरुषसँग आफ्नै मोबाइल, महिलाकाे पनि प्रयोगदर बढ्दो कति ?
नेपालमा ९०% भन्दा बढी पुरुषसँग आफ्नै मोबाइल, महिलाकाे पनि प्रयोगदर बढ्दो कति ?
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले पुरुषको तुलनामा महिलामा मोबाइल स्वामित्व केही कम भए पनि उल्लेख्य रहेको देखाएको हो।

सर्वेक्षण अनुसार सोही उमेर समूहका ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन छ। पछिल्लो तीन महिनामा मोबाइल प्रयोग गर्ने दर पुरुषमा ७८.७ प्रतिशत र महिलामा ७२.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

स्मार्टफोन प्रयोग पनि तीव्र रूपमा बढेको छ। आफ्नै स्मार्टफोन प्रयोग गर्ने पुरुष ८२.१ प्रतिशत र महिला ७२.८ प्रतिशत रहेका छन्। काठमाडौं उपत्यकाभित्रको ग्रामीण क्षेत्रबाहेक अन्य क्षेत्रमा ९२.४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ।

इन्टरनेट सुविधा सहितका उपकरणको प्रयोगसमेत उच्च देखिएको छ। देशभर करिब ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट प्रयोग हुने उपकरण उपलब्ध छन्। सहरी क्षेत्रमा यस्तो पहुँच ८६.५ प्रतिशत घरमा रहेको छ भने ग्रामीण क्षेत्रमा ७३ प्रतिशत घरपरिवारमा इन्टरनेट उपकरण प्रयोग भइरहेको छ।

प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा सबैभन्दा कम ५९.१ प्रतिशत घरपरिवारमा मात्र इन्टरनेटसहितका उपकरण प्रयोग हुने गरेको सर्वेक्षणले देखाएको छ।

साताकाे चर्चित
सम्बन्धित