दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अफगानिस्तान १९ रनमै रोकियो
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अफगानिस्तान १९ रनमै रोकियो
    • बेल संचार

    • २८ माघ २०८२, बुधबार

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको रोमाञ्चक भिडन्तमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ। खेल नियमित २० ओभरमा बराबरी भएपछि सुपर ओभरमा धकेलिएको थियो।

पहिलो सुपर ओभरमा दुवै टोलीले १७–१७ रन बनाएपछि खेल अझै रोमाञ्चक बनेको थियो। दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको चुनौती पछ्याएको अफगानिस्तान १९ रनमै सीमित भयो। दबाबपूर्ण अवस्थामा अफगान ब्याटरहरूले लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिकाले महत्वपूर्ण जित हात पार्यो।

यसअघि टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले दक्षिण अफ्रिकालाई १८७ रनमा रोकेको थियो। तर जवाफी ब्याटिङमा अफगानिस्तानले पनि २० ओभरमा १८७ रन नै जोड्दा खेल बराबरीमा पुगेको थियो।

रोमाञ्चक मोड, सुपर ओभरको दबाब र अन्तिम बलसम्मको सस्पेन्सले यो खेल विश्वकपकै उत्कृष्ट खेलमध्ये एक बन्न पुगेको छ।

साताकाे चर्चित
सम्बन्धित