“गजल”
“गजल”
    • पारस रोकाय (सचेत हिमा)

    • २८ माघ २०८२, बुधबार

“गजल”

यहाँ चोर साधु, साधु चोर भएको,
लाग्दैन, आफू आफैं फोहोर भएको।

भरिया सम्झेर पहाड बोकाय पछि,
वर्षौं भयो यी पैताला कठोर भएको।

ए कर्णाली, कान थापेर के सुनेको?
हेर त, गुञ्जिँदैछ विरानै स्वर भएको।

युद्ध र योद्धा भनेर हिँडेको तिमी,
यति किन, साथी, कमजोर भएको?

 

साताकाे चर्चित
सम्बन्धित