शिक्षक पेशामा एक दशक नपुग्दै राजिनामा, सिँजा रास्वपा संयोजक बने शाही
शिक्षक पेशामा एक दशक नपुग्दै राजिनामा, सिँजा रास्वपा संयोजक बने शाही
    • उमेश बुढा

    • २६ आश्विन २०८३, सोमबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाका मोहनविक्रम शाहीले शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुने निर्णय गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई सिँजा गाउँपालिका संयोजकको जिम्मेवारी दिएको छ।

शाहीले करिब दुई वर्ष महादेव माध्यमिक विद्यालय, गोठीपिगीमा अध्यापन गरेका थिए। सोमबार उनले विद्यालय व्यवस्थापन समिति र गाउँपालिकामा राजीनामा बुझाउँदै अब सामाजिक तथा राजनीतिक अभियानमा पूर्ण रूपमा सक्रिय हुने बताएका छन्।

शिक्षण पेसा छाड्नुको कारणबारे प्रतिक्रिया दिँदै शाहीले कक्षाकोठामा मात्र सीमित रहेर आफूले चाहेको परिवर्तन सम्भव नदेखेपछि राजनीतिमार्फत समुदायको विकासमा योगदान गर्ने उद्देश्यले निर्णय लिएको बताए।

रास्वपा जुम्लाले पनि शाहीलाई सिँजा गाउँपालिका संयोजकको जिम्मेवारी दिइएको पुष्टि गरेको छ। पार्टीले उनको सक्रियताले सिँजामा संगठन विस्तार तथा स्थानीयस्तरमा राजनीतिक गतिविधि अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका शाहीको निर्णयले सिँजा क्षेत्रमा चर्चा पाएको छ।

साताकाे चर्चित
सम्बन्धित