जुम्ला फर्किँदै गरेका तीन बालबालिका सुर्खेतबाट हराए, खोजीमा सहयोग गर्न आग्रह
जुम्ला फर्किँदै गरेका तीन बालबालिका सुर्खेतबाट हराए, खोजीमा सहयोग गर्न आग्रह
    • बेल संचार

    • २६ आश्विन २०८३, सोमबार

सुर्खेत ।

जुम्लाको हिमा गाउँपालिका–३, मोफ्लाका एकै परिवारका तीन बालबालिका सुर्खेतबाट सम्पर्कविहीन भएका छन्। हर्क रोकाया र केसरी रोकायाका सन्तान १४ वर्षीय नरेश रोकाया, १२ वर्षीया निरोता रोकाया र १० वर्षीय डबल रोकाया सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ।

पारिवारिक स्रोतका अनुसार बर्दियाबाट जुम्ला फर्किने क्रममा उनीहरू सुर्खेत पुगेका थिए। सुर्खेतमा एक अटो चालकले जुम्ला जाने बसमा पुर्‍याइदिने भन्दै बालबालिकालाई आफूसँगै लगेको र त्यसपछि उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ।

बालबालिकाहरूको अवस्था र उनीहरू कहाँ छन् भन्नेबारे हालसम्म जानकारी प्राप्त नभएकाले परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।

खोजी कार्यमा सहयोग गरिदिन अपिल

तीनै बालबालिकालाई कतै देख्नुभएका वा उनीहरूबारे कुनै जानकारी पाउनुभएका व्यक्तिलाई परिवारले तत्काल खबर गरिदिन अनुरोध गरेको छ।

जानकारी प्राप्त भएमा बालबालिकाका काका राजेन्द्र रोकायाको मोबाइल नम्बर ९८६८९४१३१० मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले अपिल गरेको छ।

बालबालिकाको सुरक्षित खोजीका लागि सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित