डडेलधुरामा देउवा पक्षको जिल्ला सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत
डडेलधुरामा देउवा पक्षको जिल्ला सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत
    • बेल संचार

    • २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ।

पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न पार्टीको आठौँ जिल्ला अधिवेशनबाट जोशी सभापतिमा चयन भएका हुन्। चुनदेवी सम्पर्क कार्यालयले जोशी सर्वसम्मत रूपमा निर्वाचित भएको जनाएको छ।

अधिवेशनबाट उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन्। सचिव पदमा भने पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले जानकारी दिएका छन्।

नवनिर्वाचित सभापति जोशी कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए। उनी अमरगढी नगरपालिकाका प्रमुखसमेत हुन्।

यसअघि देउवा समूहले जोशीलाई डडेलधुराको संयोजकको जिम्मेवारी दिएर जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको थियो।

त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा तारा खड्का र ‘ख’ को सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित