कनकासुन्दरीमा कुकुरले एक महिलालाई टोक्यो , कर्णाली प्रतिष्ठानमा उपचार हुँदै
कनकासुन्दरीमा कुकुरले एक महिलालाई टोक्यो , कर्णाली प्रतिष्ठानमा उपचार हुँदै
    • उमेश बुढा

    • १८ कार्तिक २०८३, मंगलवार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका – ७ द्यारपाटा निवासी धनकन्या हमाललाई छाडा कुकुरले टोकेको छ ।

मिति २०८३ साल कार्तिक १७ गते दिउँसो करिब २ बजेतिर मल फाल्नकाे लागि पाण्डुसेरा जिउलामा गएको बेला कुकुरले अनुहारमा टोकेको स्थानीय मादव काँफलेले बताए ।

घाइते हमाललाई तत्काल कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा लगिएको छ ।

पछिल्लो समय गाउँ क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कुकुर बहुलाया हुन सक्ने स्थानीयहरुकाे आसकां छ ।

साताकाे चर्चित
सम्बन्धित