सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

काठमाडौं ।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको र एक जना घाइते भएको पुष्टि गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन्। अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

घटनाबारे थप विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित