भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि काठमाडौंमा
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि काठमाडौंमा
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

१८ कात्तिक, काठमाडौं ।

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा विदेश सचिव मिश्री नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम रहेको छ।

भेटघाटको कार्यसूचीमा प्रधानमन्त्री शाहसँगको भेट पनि समावेश रहेको स्रोतले जनाएको छ। मिश्री भोलि काठमाडौं भ्रमण सम्पन्न गरी नयाँदिल्ली फर्किने कार्यक्रम छ।

साताकाे चर्चित
सम्बन्धित