यती एयरलाइन्सको विमान दुर्घटना : शव दिन ढिलाई गरेको भन्दै अस्पतालमा मृतकका आफन्त आक्रोशित
यती एयरलाइन्सको विमान दुर्घटना : शव दिन ढिलाई गरेको भन्दै अस्पतालमा मृतकका आफन्त आक्रोशित
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

पोखरा । यती एयरलाइन्सको  विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।

शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् ।

मृतकका परिवारका सदस्यले शव दिन ढिलाइ हुनुको कारण जानकारी माग गर्दै आफूहरुले कतिबेर कुर्नुपर्ने हो भन्ने प्रश्न गरिरहेका छन् ।

अस्पतालले पहिचान भएका र पाेस्टमार्टम भएका शव पनि आफन्तलाई दिएकाे छैन । अस्पतालले सबै शव जम्मा भएपछि मात्र साेमबारबाट दिने बताएकाे थियाे ।

तर, पहिचानका शव पनि दिन ढिला गरेकाे भन्दै आफन्त आक्राेसित बनेका छन् । अस्पतालले पनि पाेस्टमार्टम भइरहेकाे र क्रमश दिइने बताएकाे छ ।

दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएका छन् ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित