रुसले युक्रेनमाथि सोमवार गरेको क्षेप्यास्त्र आक्रमणमा २५ जना घाइते
रुसले युक्रेनमाथि सोमवार गरेको क्षेप्यास्त्र आक्रमणमा २५ जना घाइते
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

काठमाडौं ।

रुसले युक्रेनमाथि सोमवार बिहान गरेको क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिका सहित कम्तीमा २५ जना घाइते भएको नीप्रोपेत्रोव्स्क शहरका गभर्नर सर्ही लिसाकले बताएका छन् ।

रुसीहरूले १८ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये १५ वटालाई आफूले रोकेको युक्रेनको हवाई प्रतिरक्षा बलले जनाएको छ ।

बाँकी क्षेप्यास्त्रले पाव्लोह्राद शहरको आवासीय क्षेत्रलाई क्षतिग्रस्त बनाएको लिसाकको भनाइ छ ।

क्रामातोर्स्क, कोस्तियान्टिव्का र पाव्लोह्राद शहरलाई तारो बनाइएको युक्रेनी सेनाले जनाएको छ ।

रुसीहरूले २७ वटा हवाई आक्रमण गरेको अनि ४५ वटा मल्टिपल लोन्च रकेट सिस्टम पनि युक्रेनी सेनामाथि प्रहार गरेको र त्यसले सर्वसाधारणको मृत्यु तथा घाइते भएको युक्रेनी सेनाको भनाइ छ ।

कतिजना सर्वसाधारण मारिए भनी उसले खुलाएको छैन ।

साताकाे चर्चित
सम्बन्धित