एजेन्सी ।
पाकिस्तानले अन्तिम तथा पाँचौं टी-२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ । ब्याटिङमा सामान्य प्रदर्शन गरे पनि बलिङ उत्कृष्ट गर्दै पाकिस्तान क्लिनस्वीप हुनबाट बचेको हो । यस खेलमा पराजित भए पनि पाँच खेलको सिरिज उपाधि न्युजिल्यान्डले ४–१ ले ले जित्यो ।
जितको लागि १३५ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्ड १७.२ ओभरमा ९२ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २६, फिन एलेन २२, टिम सिफर्ट १९, रचिन रविन्द्र १ र विल योंग १२ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ३८ बलमा ४ चौकासहित सर्वाधिक ३८, बाबर आजम २४ बलमा १३, मोहम्मद नवाज १, इफ्तिखर अहमद ५ र सहिबजाद फहरानले १९ रनमा आउट भए ।