अब कुकुर पाल्दा महानगरमा दर्ता गर्नुपर्ने
अब कुकुर पाल्दा महानगरमा दर्ता गर्नुपर्ने

कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरले जनाएको छ ।

    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

पोखरा,

पोखरा महानगरपालिकाभित्र कुकर पाल्ने व्यक्तिले अब महानगरमा दर्ता गर्नुपर्ने भएको छ ।

कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरले जनाएको छ ।

हाल पशु महाशाखासँगको सहकार्यमा ८ नम्बरबाट दर्ता प्रक्रिया सुरु भएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु गरिने प्रवक्ता धनबहादुर नेपालीले बताउनुभयो ।

कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने छ । एक सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र दुई सय रुपैयाँ पर्ने बेल्ट निःशुल्क प्रदान गरिने महानगरले जनाएको छ ।

कुकुर पाल्नेले छाडा छाड्दा सडक दुर्घटना लगायतका समस्या बढेको भन्दै यो अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित