दरबन्दी मिलान कार्यक्रम, अमर ज्योतिमा बिद्यार्थीको तालाबन्दी
दरबन्दी मिलान कार्यक्रम, अमर ज्योतिमा बिद्यार्थीको तालाबन्दी
    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित श्रि अमर ज्योति जनता माध्यमिक विद्यालयमा बिद्यार्थीले तालाबन्दी गरेका छन् ।
नगर शिक्षाको दरबन्दी मिलान कार्यक्रम अन्तरगत ५ जना शिक्षकको दरबन्दी मिलानमा रहेको जसमा प्राथमिक तहका तीन जना शिक्षकहरुको सरुवा भईसकेको छ । विद्यालयका प्रधानाध्यापक माधब देवकोटाले भने, र त्यसमा पनि निम्न माध्यमिक तहका लागि एक शिक्षकको लागि चिठि आईसकेको छ, माध्यमिक तहको लागि पनि गोविन्द खनाल सरको लागि पहिलेनै पत्र आएकोमा हिजो मात्र फेरि माध्यमिक तहको लागि रामहरि देवकोटा सरको लागि पनि पत्र आएकोमा बिद्यार्थीले आपत्ति जनाउँदै तालाबन्दी गरेको बताएका छन् ।
उनले भने आज बिद्यालयमा पढाइ हुन सकेन बिद्यालय सुरु हुने बित्तिकै बिद्यार्थीले सबै शिक्षकलाई भित्रै राखेर ताला लगाए पछि सम्झाउदा सम्झाउँदा बल्ल ताला खोले ।
यश बिषयमा बिद्यालयको चाहना के हो भन्ने प्रश्नमा प्रधानाध्यापक देवकोटाले सुनौलो पत्रिका सँग कुरा गर्दै नगर शिक्षाले पुुरानो बिद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गरेको भन्दै उनले बर्तमान अवस्थाको बिद्यार्थी संख्यालाई ध्यान राखेर दरबन्दी मिलान गरेको भए हुन्थ्यो । उनले भने विद्यालय अहिले नमुना बिद्यालय पनि भएको हुँदा दरबन्दी मिलानमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिए ।

साताकाे चर्चित
सम्बन्धित