फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन
फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

फिल्म छायाँंकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।

आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिएका उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’ खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् ।

हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन् । खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो ।

टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाबार रहेका छन् । खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित