रामकुमार झाँक्री स्वास्थ्यमन्त्री बन्दै, एकीकृत समाजवादीले टुंग्यायो मन्त्रीको नाम (सूची)
रामकुमार झाँक्री स्वास्थ्यमन्त्री बन्दै, एकीकृत समाजवादीले टुंग्यायो मन्त्रीको नाम (सूची)
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार राति अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल र उपमहासचिवहरुसमेत सहभागी बैठकले मन्त्रीको नाम टुंगो लगाएको समाजवादीका एक नेताले बेल मीडिया लाइ बताए।

उनले शुक्रबार बिहान यी नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने बताए।

जसअनुसार एकीकृत समाजवादीको नेतृत्व गरेर विरोध खतिवडा शहरी विकास मन्त्रीका रुपमा सरकारमा सहभागी हुने छन्।

त्यस्तै, पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने निर्णय गरिएको छ। विभिन्न मन्त्रालयमा चर्चा हुँदै आए पनि अन्ततः झाँक्री स्वास्थ्य मन्त्री बन्ने तय भएको हो।

प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्।
एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ।

बिहीबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच एकीकृत समाजवादीले चार मन्त्रालय पाउने सहमति भएको थियो। समाजवादीले राज्यमन्त्रीका रुपमा भवानी खापुङलाई सरकारमा पठाउने भएको छ। तर, उनको जिम्मेवारी खुलाइएको छैन।

 

 

साताकाे चर्चित
सम्बन्धित