शिक्षामा उल्लेखनीय परिणाम निकाल्छु – मन्त्री पौडेल
शिक्षामा उल्लेखनीय परिणाम निकाल्छु – मन्त्री पौडेल
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् ।

उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए ।
“शिक्षाका समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्ना लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरुको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु,” उनले भने ।

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साताकाे चर्चित
सम्बन्धित