ताइवानलाई पुनः एकीकरण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ
ताइवानलाई पुनः एकीकरण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।विभाजनलाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको भन्दै उहाँले एकीकरणमा जोड दिनुभएको छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको खबरमा उल्लेख छ ।ताइवानले आफूलाई एक सार्वभौम देशका रूपमा मान्छ भने चीनले ताइवानलाई एक अलग प्रान्तका रूपमा हेर्छ । पछिल्लो एक हप्तामा ताइवानी आकाशमा एक सय ५० भन्दा धेरै चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीले ताइवानसँग एक देश – दुई प्रणाली अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताउनुभएको छ । ताइवानले भने चीनलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम रोक्न आग्रह गरेको छ । चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित