साफ च्याम्पियनशिप : माल्दिभ्सले श्रीलङ्कालाई हरायाे, नेपाल र भारत खेल्दै
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्सले श्रीलङ्कालाई हराएकाे छ । आज आइतवार माल्दिभ्सकाे मालेमा रहेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा माल्दिभ्सले श्रीलङ्कालाई एक–शून्य गाेल अन्तरले हराएकाे हाे । खेलकाे छैटाैँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेकाे गाेल नै निर्णायक बन्न पुग्याे । याे जितसँगै माल्दिभ्स अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे छ । उसकाे तीन खेलमा ६ अङ्क छ । याे हारसँगै श्रीलङ्का प्रतियाेगिताबाट बाहिरिएकाे छ । श्रीलङ्का एक अङ्क जाेड्दै बाहिरिएकाे हाे । माल्दिभ्स दाेस्राे स्थानमा उक्लिएसँगै भारतसँगै नेपाललाई पनि केही कठिन हुने भएकाे छ । नेपाल अहिले दुई खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ । भारत भने दुई खेलमा दुई अङ्क जोड्दै चौथो स्थानमा छ ।प्रतियाेगितामा आज राति पाैने १० बजे नेपाल र भारत खेल्दैछन् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित