दिउँसै अज्ञात समुहद्धारा गोली हानी गार्डको हत्या, बैंक लुट्ने प्रयास
दिउँसै अज्ञात समुहद्धारा गोली हानी गार्डको हत्या, बैंक लुट्ने प्रयास
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

हिन्दुहरुको महान चार्ड दशैं भित्रिएसँगै अपराधीक घट्ना बढ्न थालेको छ । यसैक्रममा सिटिजन्स बैंकको कर्सिया शाखामा दशैंमा हुने कारोबारको माहोल भइरहेको बेला विहानैदेखि बैंकमा कार्यरत कर्मचारीहरु व्यस्त थिए ।

दशैं अघिको नियमित कारोबारको अन्तिम दिन भएकाले पनि शाखामा चहलपहल तथा कारोबार बढी नै भइरहेको थियो । अरु दिनभन्दा अलि बढी भीडभाडका बीच बैंक चलिरहेको थियो । यहिबीच एक आतंककारी समूह बैंकमा पस्यो । उनीहरुले हिन्दी भाषामा सबैलाई सतर्क हुन र दायाँबायाँ नहुन आदेश दिंदै थिए । बैंक लुट्ने मनसाय देखिएपछी बैंकका सुरक्षा गार्डले उनीहरुलाई रोक्न खोजे । गार्डले रोक्न खोजेपछि सो समूहका एकले उनीमाथि गोली चलाए । त्यसपछिको बैंकभित्रको माहोल कुनै तनावग्रस्त बन्यो । बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरलिाई लुटेरा समूहले २ गोली हानेका रहेछन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ । घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छचिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् । रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनी नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका व्यक्ति हुन् । लुटेराहरुले कोलाहल मच्चाएपछी स्थिति त्रसित बन्यो । लुटेराहरु त्यसपछी भागे । भाग्दै गरेका लुटेराहरुलाई प्रहरीले पक्राउ गर्न सफल भए । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेहरुमाथि अनुसन्धान भईरहेको जनाएको छ । ती लुटेराहरु सहजै पक्राउ परेका होइनन् । उनीहरुलाई पक्राउ गर्न पनि प्रहरीले गोली चलाउनुपर्यो । प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । उक्त लुटेराको समुहबाट कुनै पनि नगद बरामद भएको छैन । उक्त घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित