विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर
विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले नयाँ रेकर्ड कायम राखेका छन् । विश्व नागरिकता र निवास बारे तथ्यांक राख्ने हेन्ले एण्ड पार्टनर्सले संसारको सबैभन्दा लोकप्रिय पासपोर्टको बारेमा आफ्नो त्रैमासिक रिपोर्ट अक्टोबर ५ मा जारी गरेको छ ।जारी गरिएको रिपोर्ट अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापानसँगै सिंगापुर रहेको छ । दुवै देशका पासपोर्ट बाहकले १९२ देश तथा क्षेत्रमा निर्वाध यात्रा गर्न पाउने विवरणमा उल्लेख छ ।यसैगरि दोस्रो नम्वरमा जर्मनी र सिंगापुर १९० देशमा प्रवेश सहुलियत पाएको सूचिमा रहँदा तेस्रो नम्वरमा फिनल्याण्ड, ईटाली, अक्जेम्बर्ग, स्पेन रहँदा क्रमश चौथो अष्ट्रिया र डेनमार्क, पाचौंमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्विडेन रहेको छ ।लन्डनमा आधारित यस कम्पनीले नागरिकता र निवासको आधारमा ताजा रिपोर्टहरु सार्वजनिक गर्ने गर्दछ ।फर्मको हेन्ले पासपोर्ट सूचकांक, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशनद्वारा प्रदान गरिएको विवरण र अन्य तथ्यांकहरुमा आधारित रहने गर्दछ । हेन्लेले सन् २००६ पछि संसारभरको यात्रा मैत्री पासपोर्टहरुको अनुगमन गर्दै आएको छ ।सूचकांकले कोभिड महामारिका कारण लगाइएको अस्थायी प्रतिबन्धलाई यसको स्थान कायम राख्ने काममा समेटेको छैन ।कमजोर पासपोर्टको सूचिमा नेपाल भने उत्तर कोरिया भन्दा तल रहेको छ । उत्तर कोरियाली पासपोर्ट वाहकले ४० देश तथा क्षेत्रमा सहज प्रवेश पाउँदा नेपाली पासपोर्ट वाहकले केवल ३७ देशमा सहज यात्रा गर्न पाउँछन् ।संसारका केवल ४० भन्दा कम देशमा फ्रि भिसा वा अन अराईभल भिसा पाउने कमजोर देशहरुको सूचिमा१०९ नम्वरमा उत्तर कोरिया ११० नम्वरमा नेपाल र प्यालेस्टाईन रहेको छ ।यस बाहेक त्यो भन्दा तल्लो सूचिमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, ईराक, अफगानिस्तान रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित