ओलीका बुवा मोहनप्रसाद ओली झापामै छन् ।
    • Bell Sanchar

    • २८ आश्विन २०७८, बिहीबार

नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । बिहीबार (आज) दिउँसो १२ बजे जहाजमार्फत झापा पुगेका ओलीलाई नेता/कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

त्यहाँ (झापा) रहँदा ओली विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन् । आज ओलीले जलपान समारोह आयोजना गरेका छन् । कार्यक्रममा स्थानीय नेता/कार्यकर्ताहरू बोलाइएका छन् ।

उनले दसैँको टीका भने लगाउने छैनन् । ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले उनले टीका भने लगाउने छैनन् । ओलीका बुवा मोहनप्रसाद ओली झापामै छन् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित