टोकियोमा दैनिक संक्रमण छैठौं दिन पनि सयभन्दा मुनि
टोकियोमा दैनिक संक्रमण छैठौं दिन पनि सयभन्दा मुनि
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार

जापानको राजधानी टोकियोमा बिहिवार लगातार छैठौं दिन पनि कोरोना भाइरसको दैनिक संक्रमण सयभन्दा तल देखिएको छ । महानगर सरकारले बताएअनुसार अक्टोबर १४ मा टोकियोमा ६२ जना नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । अघिल्लो दिन ७२ संक्रमित थपिएका थिए ।अक्टोबरको पहिलो हप्तामा औसत दैनिक संक्रमण १५४ दशमलव ३ रहेको छ । सेप्टेम्बरमा भने कूल ३१ हजार ८४२ अर्थात् दैनिक औसत १ हजार ६१ दशमलव ४ संक्रमित थपिएका थिए । यो अगष्टको तुलनामा निकै कम हो । अगष्ट महीनाभरि राजधानीमा कूल १ लाख २५ हजार ६०६ अर्थात् दैनिक ४ हजार ५१ दशमलव ८ सक्रमित थपिएका थिए ।गत वर्षको बसन्तमा महामारी शुरु भएदेखि अक्टोबर १३ सम्ममा टोकियोमा कोभिड–१९ का कारण ३ हजार ५७ जनाको मृत्यु भएको छ । यस अवधिमा कूल संक्रमितको संख्या पनि ३ लाख ७७ हजार ३६ छ । टोकियोका अस्पतालमा कोभिड–१९ का कारण ४८० बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । यीमध्ये ४३ जनाको अवस्था निकै गम्भीर भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित