महासचिव विप्लव र प्रवत्ता प्रकाण्डले यसरी गरे पार्टीका केन्द्रिय सदस्य बीरजंगको अन्त्येष्ट
महासचिव विप्लव र प्रवत्ता प्रकाण्डले यसरी गरे पार्टीका केन्द्रिय सदस्य बीरजंगको अन्त्येष्ट
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहित सयौ नेता, कार्यकर्ता, जनता, घरपरिवार तथा आफन्तजनहरुको उपस्थितिमा अन्त्येष्टी गरिएको छ ।

बीरजंगको अन्त्येष्टी अघि नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड ,केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिका राजनितिक दल नेता कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली दिएका थिए ।

बीरजंगको आफ्नै गाउँ कपिलवस्तुमा सयौं जनताको उपस्थितिमा अन्त्येष्टी गरिएको हो ।

लामो समय देखि मुटु रोग सम्वन्धि पीडित नेता विरजंगको असोज २८ गते राती भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिरलाई गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पुर्याइएको थियो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतीत भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छन ।

विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्त्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

विप्लवले वैद्यसँग अलग भएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो ।

दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको थियो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन्।

साताकाे चर्चित
सम्बन्धित