मुगु दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई जनही १ लाख दिने सरकारको घोषणा
मुगु दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई जनही १ लाख दिने सरकारको घोषणा
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार

काठमाडौं । सरकारले मुगु दुर्घटना मृत्यु भएका परिवारका लागि एक लाख सहयोग गर्ने जानकारी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै किरिया खर्च स्वरुप २५ हजार दिने निर्णय गरेको पनि मन्त्रालयले जनाएको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवारहरुलाई नेपाल सरकारको तर्फबाट प्रति मृतक पच्चीस हजार किरिया खर्च र एक लाख आर्थिक सहायता उपलब्ध गराउन र घाईतेहरुको उपचार खर्च वापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रकृया आरम्भ गरिएको व्यहोरा जानकारी गराइन्छ।’असोज २६ गते नेपालगञ्जबाट मुगु गमगढी तर्फ गइरहेको मे १ ३१६७ नम्बरको बस मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं. ७ मा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो।साथै सुनसरी र कैलालीको हिरासतमा मृत्यु भएका घटनाका बारेमा छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको समेत जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित