आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिका असफल
आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिका असफल
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

एजेन्सी, ५ कात्तिक । अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ ।पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् ।चीन र रुसले हाइपरसोनिक मिसाइल बनाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन् । चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरिसकेको चर्चा छ ।फाइनानसियल टाइम्सले चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरेको खबर प्रकाशित गरिसकेको छ । यद्यपि, चीनले यसलाई अस्वीकार गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित