फेरि देखियो कोरोना,
फेरि देखियो कोरोना,
    • Bell Sanchar

    • ६ कार्तिक २०७८, शनिबार

काठमाडौं । चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ । सरकारले सयौँ उडान स्थगित गरेको छ । यसैगरी स्कुल बन्द गरिएका छन् । सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ ।

यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ । लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन् । उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ। राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेको छ। स्थानीय सरकारले परीक्षण सुरु गरेका छन् । स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन् । केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ ।अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ। ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ । जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४९ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ

साताकाे चर्चित
सम्बन्धित