आर्यन खानलाई छोड्न २५ करोड रुपैयाँ घुस माग !
आर्यन खानलाई छोड्न २५ करोड रुपैयाँ घुस माग !
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौं । ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई छाड्न २५ करोड रुपैयाँ घुस मागिएको एक गवाह (बयान दिने व्यक्ति) ले दावी गरेका छन् । आर्यन खानलाई पक्राउ गरिँदा उनीसँग सेल्फी खिच्ने किरण गोसावीका निजी बडीगार्ड प्रभाकर सेलले यस्तो दावी गरेका हुन् ।

प्रभाकरका अनुसार गोसावीले आर्यनलाई छोड्नको लागि २५ करोड रुपैयाँ मागेका थिए । सेलले पेश गरेको एक एफिडेविटका अनुसार यो माग गोसावीले एनसीबीका प्रमुख समीर वानखेडेको तर्फबाट गरेका थिए । स्मरणीय छ प्रभाकर यो केसमा एनसीबीका गवाह पनि हुन् ।प्रधाकरले आफ्नो नोटरी गरिएको एफिडेविटमा बताएअनुसार क्रुजमा छापा मारेपछि भएका घटनाक्रममा उनी त्यहीँ थिए । उनले किरण गोसावी र साम नामका एक व्यक्तिलाई एनसीबीको अफिसमा भेटेको देखेका थिए ।

 

 

 

 

 

 

उनका अनुसार यी दुई जनाले नीलो रंगको गाडीमा शाहरुख खानकी म्यानेजर पुजा डडलानीसँग पनि भेटेका थिए ।प्रभाकरका अनुसार गोसावीले २५ करोड मागेको भए पनि १८ करोडमा कुरा मिलेको थियो । यसमध्ये ८ करोड समीर वानगेडेलाई दिने र अरु पैसा बाँकी मानिसहरुमा बाँडिने तय भएको थियो । प्रभाकरका अनुसार उनलाई पंचनामा कागज भनेर खाली कागजमा जबरजस्ती हस्ताक्षर गराइएको थियो । प्रभाकरले घटनाको समयमा बनाएको एउटा भिडियोमा गोसावीले आर्यनलाई फोनमा कसैसँग कुरा गराइरहेको पनि देख्न सकिन्छ ।

 

साताकाे चर्चित
सम्बन्धित