कट्रिना कैफले यही महिना बिक्की कौशलसँग बिहे गर्दै
कट्रिना कैफले यही महिना बिक्की कौशलसँग बिहे गर्दै
    • Bell Sanchar

    • १० कार्तिक २०७८, बुधबार

काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफ र बिक्की कौशलको सम्बन्धको चर्चा केही समय अगाडिदेखि चलिरहेको थियो । यी दुईले औपचारिक रुपमा आफ्नो सम्बन्धबारे केही जानकारी दिएका छैनन् । तर, यी दुईको बिहेको तयारी समेत सुरु भइसकेको मिडिया रिपोर्टमा खुलासा भएको छ । टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार यी दुईको बिहेको तयारी सुरु भइसकेको छ र अहिले उनीहरुको बिहेको पहिरन तयार गरिँदैछ ।

सूत्रले टाइम्स अफ इण्डियासँग भनेको छ ‘कट्रिना र बिक्कीले आफनो बिहेको तयारी सुरु गरेका छन् । उनीहरुको बिहेको पहिरन चर्चित फेशन डिजाइनर सब्यसाचीले डिजाइन गर्दैछन् । उनीहरु अहिले पहिरनको लागि कपडा रोज्दैछन् ।’ सूत्रले अगाडि भन्यो ‘कट्रिनाले र सिल्क फेब्रिक रोजेकी छिन् । कट्रिना र बिक्कीको बिहे नोभेम्बर र डिसेम्बरमा हुनेछ । बिहेमा अभिनेत्रीले लहंगा लगाउनेछिन् ।’

साताकाे चर्चित
सम्बन्धित