निर्मातासँग सुत्न अस्वीकार गर्दा फिल्मबाट निकाले : ईशा गुप्ता
निर्मातासँग सुत्न अस्वीकार गर्दा फिल्मबाट निकाले : ईशा गुप्ता
    • Bell Sanchar

    • ११ कार्तिक २०७८, बिहीबार

बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो एक्टिङ डेब्यू इमरान हाशमीसँग फिल्म ‘जन्नत–२’मार्फत् गरेकी थिइन् । त्यसपछि अभिनेत्री ईशाले ‘राज ३डी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पलटन’, ‘बादशाहों’लगायतका फिल्ममा काम गरेकी थिइन् ।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री ईशा गुप्ताले बलिउड बबलसँग कुराकानी गर्दै बलिउड उद्योगको ‘डार्क सिक्रेट’को बारेमा खुलासा गरेकी छन् । अन्तर्वार्तामा अभिनेत्री ईशाले भनेकी छन्, ‘एक निर्माताले मलाई फिल्मबाट निकाल्न चाहन्थे, किनभने मैले निर्मातासँग सुत्न इन्कार (अस्वीकार) गरेकी थिए ।

मेकअप आर्टिस्टसँग सेयर गर्थिन् रुम

अभिनेत्री ईशाले भनेकी छन्, ‘सो समयमा मैले मेकअप आर्टिस्टसँग रुम सेयर गरेर सुत्ने गर्थेँ । मलाई डर लागिरहेको छ, यहाँ म एक्लै सुत्न सक्दिन, भनेर मैले बहाना बनाएँ ।’

उनले थप भने, ‘त्यहाँ भूत नभई एक ब्यक्ति (निर्माता) थिए, जसले डराउने काम गर्ने गर्थे । कतिखेर कामबाट निकालिदिन्छन् कसैलाई थाहा थिएन । उनलाई लाग्थ्यो कि मलाई काम गर्नु आवश्यक थियो ।’

निर्देशकले दिए साथ

‘मैले यस्तो एक ब्यक्तिको फोहोरी रुप पनि देखेकी थिएँ । फिल्मको सुटिङ चलिरहेकै समयमा निर्माता आएर म सँग काम नगर्ने बताए । मैले चार/पाँच दिन फिल्मको सुटिङसमेत गरिसकेकी थिएँ । निर्माताले यसो भन्नुको पछाडि मैले उनीसँग सुत्नका लागि अस्वीकार गरेकी थिएँ’, उनले भनिन् ।

तर, फिल्मका निर्देशक भने अभिनेत्री ईशाको पक्षमा उभिएर साथ दिएका थिए । उनले भनिन्, ‘यस क्रममा निर्देशक मेरो सपोर्टमा उभिए, र निर्मातालाई इन्कार गरिदिए ।’

साताकाे चर्चित
सम्बन्धित