संसदको तल्लो सदनको निर्वाचन अन्तर्गत जापानमा देशभर मतदान सुरु
संसदको तल्लो सदनको निर्वाचन अन्तर्गत जापानमा देशभर मतदान सुरु
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

संसदको तल्लो सदनको निर्वाचन अन्तर्गत जापानमा देशभर मतदान सुरु भएको छ । जापानभरका मानिसहरू संसदको शक्तिशाली सदन तल्लो सदनमा प्रतिनिधि छान्न मतदान गरिरहेका छन् । सर्वेक्षणले महामारी र अन्य राष्ट्रिय मुद्दाहरूमा सत्तारूढ गठबन्धनले निभाएको भूमिकाको जनताले गर्ने परीक्षणको रुपमा आम निर्वाचनलाई लिइएको छ ।

४६५ संसद सदस्यका लागि आज निर्वाचन भइरहेको हो । मतदाताले २८९ एकल सिट जिल्ला मध्ये एकमा प्रत्यक्ष रुपमा उम्मेदवार छनोट गर्नेछन् । अन्य १७६ प्रतिनिधि समानुपातिक प्रतिनिधित्वबाट छनोट हुनेछन् । प्रधानमन्त्री किशिदा फुमियोले सत्ता सम्हालेको महिना दिन नपुग्दै आम निर्वाचन हुन लागेको हो । किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धन साझेदार कोमेईतोले आफ्नो बहुमत कायम राखेमा यसलाई आफ्नो जितको रूपमा लिने बताएका छन् ।

अर्कोतर्फ विपक्षीहरूले सत्ता एकीकरण गर्ने रणनीति अन्तर्गत चुनावमा सत्ताधारी दलले निभाउन नसकेको उचित भूमिकालाई मुद्दा बनाएका थिए । मत विभाजन हुन नदिन विपक्षी दलहरूले प्रत्यक्ष निर्वाचन अन्तर्गत धेरै जिल्लामा विपक्षि गठबन्धनको साझा उम्मेदवारी दिएका छन् । मतदान बेलुका ८ बजेसम्म जारी रहनेछ । मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ । सम्पूर्ण मतगणनाको परिणाम मंगलबार भित्रमा आईसक्ने बताईएको छ ।

साताकाे चर्चित
सम्बन्धित