सांग्रिला बैंकद्धारा विभिन्न संघ संस्थालाई सहयोग
सांग्रिला बैंकद्धारा विभिन्न संघ संस्थालाई सहयोग
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो ९ शाखामार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको बैंकको देशभर ९९ शाखा कार्यालयहरु रहेका छन् । इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था“माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो ।

त्यस्तै वैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो । काठमाडौं,चावहिल स्थित चावहिल शाखा कार्यालयले चावहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो ।

साथै, वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेका थिए । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण लगायतका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गरी विभिन्न शाखा कार्यालय मार्फत कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित