अर्ली इलेक्सन हुने सम्भावना छैन : अध्यक्ष दाहाल
अर्ली इलेक्सन हुने सम्भावना छैन : अध्यक्ष दाहाल
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताएका छन् । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा  संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको बताए ।

अध्यक्ष दाहालले भने, “अर्ली इलेक्सन हुँदैन यसमा क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।”

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए । उनले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताए ।

गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पारे ।

साताकाे चर्चित
सम्बन्धित