५ वर्षभित्र ९ हजार कर्मचारीलाई कामबाट निकाल्दै आना
५ वर्षभित्र ९ हजार कर्मचारीलाई कामबाट निकाल्दै आना
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

जापानी विमान सेवा प्रदायक कम्पनी अल निप्पोन एयरवेज कम्पनीको मातृ कम्पनी आना होल्डिङ्सले करीब ९ हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । कोरोना भाइरसको महामारीबीच कम्पनीले आर्थिक वर्ष २०२१ मा लगातार दोस्रो वर्ष घाटामा जाने अपेक्षा गरिएकै बेलामा कम्पनीले आगामी पाँच वर्षमा सो स्तरमा कर्मचारी कटौती गर्न लागेको हो ।आनाले अल निप्पोन एयरवेज कम्पनीबाट आर्थिक वर्ष २०२५ मा ग्राउन्ड स्टाफ र फ्लाइट एटेन्डेन्ससमेतको संख्या करीब २९ हजारमा ल्याउनेछ । यो आर्थिक वर्षको २०२० को तुलनामा २० प्रतिशत हुनेछ । कटौती सेवानिवृत्ति र नयाँ भर्नामा कमीमार्फत गरिनेछ ।

महामारी लम्बिएसँगै यात्राको माग सोचेअनुरुप छिटै सुधार नआउने देखिएको छ । यसका कारण एएनएले चालु आवको पूर्ण वार्षिक मुनाफा प्रक्षेपण पनि घटाएको छ । अघिल्लो आवमा पनि कम्पनीलाई ४ खर्ब ४ खर्ब ६२ करोड खूद घाटा भएको थियो । अन्तरराष्ट्रिय कार्गोबाट उच्च आम्दानी र लागत कटौतीका प्रयास भइरहेकोले चालु आवमा विक्री ४५ दशमलव ५ प्रतिशतले बढेर १० खर्ब ५० खर्ब येनमा पुग्ने अपेक्षा गरिएको छ ।तर पनि कम्पनीलाई चालु आवमा १ खर्ब २५ अर्ब सञ्चालन घाटा हुने बताइएको छ । पहिलो अर्धवार्षिक अवधिमा कम्पनीले अति नै धेरै घाटा बेहोरेकोले दोस्रो त्रैमासमा यसको भर्पाई हुन नसक्ने आनाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शिन्या कातानोजाकाले पत्रकार सम्मेलनमा भनेका थिए ।

साताकाे चर्चित
सम्बन्धित